logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

डब्लुएचओद्वारा कोरोनाको उपचारका लागि नयाँ औषधि सिफारिस


अंकुरण खबर
832
Shares

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोरोना संक्रमणको उपचारका लागि नयाँ औषधि सिफारिस गरेको छ ।

विभिन्न परीक्षणबाट कोरोनाविरुद्ध उपचार गर्नका लागि प्रभावकारी पुष्टि भएकाले ‘इन्टरलेउकिन–६’ प्रयोग गर्न सकिने निश्कर्ष निकालेर सिफारिस गरिएको डब्लुचएओले जनाएको छ ।

औषधिसम्बन्धी विभिन्न अध्ययन तथा विश्लेषणले कोरोनाविरुद्ध यो औषधि उपयोगी हुने निश्कर्ष निकालेको डब्लुएचओका अधिकारीहरुले बताएका छन् । डब्लुएचओले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा यो औषधिका बारेमा गरिएको अध्ययन तथा विश्लेषण धेरै ठूला अध्ययन मध्येको एक भएको जानकारी दिइएको थियो ।

डब्लुएचओका एक उच्च अधिकारीले पत्रकार सम्मेलनमा भनेका छन्- ‘कोरोनाका कारण गम्भीर अवस्थामा रहेका बिरामीलाइ पनि यसले सञ्चो गराएको पाइएको छ, यसले विषेश गरेर प्रतिरक्षा शक्ति बढाउने काम गर्ने र यो धेरै प्रभावकारी भएको देखिएको छ ।’ एजेन्सी