विश्वभर तीन अर्ब ३२ करोड ६५ लाख ४० हजार २३१ जनालाई कोरोना भाइरविरुद्धको खोप लगाइएको छ ।
जसमा सबैभन्दा चीनले आफ्ना नागरिकका लागि खोप लगाएको छ । चीनमा एक अर्ब ३३ करोड १६ लाख ७९ हजार डोज खोप लगाइएको छ ।
त्यसपछि भारतमा धेरै लगाइएको छ । भारतमा हालसम्म ३६ करोड ८१ लाख १२ हजार ११३ डोज कोरोनाविरुद्धको खोप लगाइएको हो ।
अमेरिकामा ३३ करोड ५ लाख ६० हजार ७३५ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । ब्राजिलमा दश करोड ३० लाख ६२ हजार ६०९ डोज कोरोना भाइरसविरुद्ध लगाइएको छ ।
यस्तै, बेलायतमा आठ करोड २ लाख १२ हजार ६६८ डोज कोरोना भाइरसविरुद्ध खोप लगाइएको छ । जर्मनीमा सात करोड ८६ लाख ७२ हजार ९२ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ ।
पोल्याड ६ करोड ७ लाख ५९ हजार ७४४, फ्रान्समा पाँच करोड ७२ लाख ७९ हजार १९८ डोज, टर्कीमा पाँच करोड ५४ लाख ६३ हजार ४०० डोज र इटालीमा पाँच करोड ५४ लाख ५६ हजार २७६ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । एजेन्सी