logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरियामा रहेका नेपाली कामदारको तलब बढ्यो


अंकुरण खबर
715
Shares

दक्षिण कोरियामा कामदारको तलब बढेको छ । कामदारको न्यूनतम तलब बढेसँगै त्यहाँ कार्यरत नेपाली कामदारको पनि तलब पढ्ने भएको छ ।

सोमबार बसेको ज्याला निर्धारण समितिको बैठकले हाल पाइरहेको तलबमा पाँच प्रतिशत वृद्धि गरेको हो ।

अब कोरियामा कामदारले प्रतिघण्टा ९१६० कोरियन वन पाउने छन् । यसअघि ८७२० वन थियो । अब दैनिक ८ घण्टा काम गर्ने कामदारले १९ लाख १४ हजार ४४० वन तलब पाउने छ । जुन नेपाली रुपैयाँ करिब २ लाख हो ।

यो दैनिक ८ घण्टा सातामा ५ दिन काम गर्ने कामदारले पाउने तलब  हो । त्यस बाहेकको समयमा गरेको कामको अतिरिक्त ज्याला  आउँछ ।

यो लागू भने २०२२ जनवरीबाट मात्रै हुन्छ ।