logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भारतमा कोरोना संक्रमित र कोरोनामुक्त हुनेको संख्या बराबर


अंकुरण खबर
767
Shares

भारतमा पछिल्लो २४ घण्टामा ३९ हजार ७२ जनामा कोरोना संक्रमित पुष्टि भएको छ ।

यो सँगै भारतमा कोरोना संक्रमित हुनेको संख्या ३ करोड १० लाख २४ हजार नाघेको छ ।

यस्तै भारतमा पछिल्लो २४ घण्टामा ५४४ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । योसँगै भारतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ४ लाख १२ हजार ५ सय ६३  पुगेको भारतीय सञ्चारमाध्यमले जनाएको छ ।

यस्तै भारतमा एकैदिन ३९ हजार ८ सय २९ जना कोरोना मुक्त भएका छन् । यो सँगै भारतमा कोरोना मुक्त हुनेको संख्या ३ करोड  १ लाख ७६ हजार नाघेको छ ।

भारतमा ४ लाख ३७ हजार संक्रिय संक्रमित रहेका छन् । त्यसैगरी भारतमा अहिलेसम्म ३९ करोड १३ लाख ४० हजार ४९१ ओटा कोरोना भाइरसविरुद्धको खोप प्रयोग भएको छ ।