अन्तर्राष्ट्रिय

इराकको राजधानी बग्दादमा आत्मघाती बम विष्फोट, कम्तिमा २८ जनाको मृत्यु

इराकको राजधानी बग्दादको पूर्वी भागमा बम विस्फोट हुँदा कम्तीमा २८ जनाको मृत्यु भएको छ ।

त्यहाँको गृहमन्त्रालयका अनुसार बग्दादको सुबुर्ब जिल्लाको सदर सहरस्थित प्रख्यात बजारमा मुस्लिमहरूको चाड इद अल–अदाको पूर्वसन्ध्यामा भएको यस आत्मघाती विष्फोटमा कम्तिमा २८ जनाको मृत्यु भएको हो ।

उक्त विष्फोटमा अन्य ६६ जना घाइते भएका प्रहरीले जनाएको छ । केही घाइतेको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने जनाइएको छ ।

इराकका प्रधानमन्त्री मुस्ताफा अल काद्हिमी सुरक्षा र गुप्तचर निकायका अधिकारीहरुसँग यस भीषण आक्रमणको विषयमा छलफल सुरु गरेको सरकारी अधिकारीले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

जारी विज्ञप्तिमा काद्हिमी आक्रमणका पीडित परिवारलाई सहयोग गर्ने र आतंककारीहरूको खोजी गर्ने वाचा गरिएको छ ।

इराकी राष्ट्रपति बारहम सलिहले एउटा ट्वीटमार्फत ईद अल–अधाको पूर्वसन्ध्या भएको यस घटनालाई एउटा जघन्य अपराध र क्रूरता गरेका छन् । एजेन्सी

Comment here