अन्तर्राष्ट्रियकोरोना विशेष

भारतले सच्यायो कोरोना मृत्युदर, एकैदिन ४ हजारको मृत्यु

भारतमा एकैदिन कोरोना संक्रमणबाट थप ३ हजार ९९८ जनाको मृत्‍यु भएको छ ।

भारतले मृतकको संख्या सच्याएपछि मृतकको संख्या एकैदिन  ४ हजार पुगेको हो ।

भारतले कोरोनाबाट भएको मृत्युको संख्या लुकाएको अमेरिकी ‘सेन्टर फर ग्लोबल डेभलपमेन्ट’ नामक संस्थाले एक अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै आरोप लगाएको थियो ।

उक्त संस्थाले भारतले सार्वजनिक गरेको तथ्याङ्कभन्दा १० गुणा बढीको मृत्यु भारतमा भएको दाबी गरेको छ । भारतमा हालसम्म ३४ देखि ४७ लाखको मृत्यु भएको प्रतिवेदनमा उल्लेख छ ।

तथ्याङक अनुसार  भारतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ४ लाख १८ नाघेको छ । एजेन्सी

Comment here