अन्तर्राष्ट्रियकोरोना विशेष

बेइजिङमा नयाँ भाइरसको आतंक शुरु, बाँदरजन्य भाइरसबाट पशु चिकित्सकको मृत्यु

चीनमा बाँदरजन्य नयाँ भाइरसको आतंक शुरु भएको छ । चीनको बेइजिङमा मंकी बि भाइरसका कारण एकजना पशु चिकित्सकको मृत्यु भएको हो ।

एक इन्स्टिच्युटमामा नन ह्युमन प्राइमेट्समाथि अध्ययन गरिरहेका ५३ वर्षीय ती चिकित्सकले दुई मृत बाँदरमाथि अनुसन्धान गरेको एक महिनापछि उनमा वान्ता आउन शुरु भएको थियो । उनको उपचारकै क्रममा मृत्यु भएको बताइएको छ ।

युनाइटेड स्टेट्स सेन्टर फर डिजिज कन्ट्रोलले यो भाइरस मान्छेमा भने अत्यन्तै कम फैलने बताएको छ । यस भाइरसका कारण चिकित्सकको मृत्यु भएको यो घटना विश्वमै दुर्लभ घटना भएको कन्ट्रोलले जनाएको छ ।

यो भाइरस बाँदरको र्याल, मलमुत्र, मस्तिष्क वा मेरुदण्डको हड्डीको टिश्युमा पाइन्छ पाइने बताइएको छ । एजेन्सी

Comment here