logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अफगान सुरक्षा बलको कारबाहीमा ३० तालिबानीको मृत्यु


अंकुरण खबर
2.977K
Shares

अफगानिस्तानका अधिकांश क्षेत्र कब्जा गरेको तालिबानी समूहविरुद्ध सरकारी सुरक्षा फौजले हवाई कारबाही सुरु गरेको छ।

हवाई आक्रमणमा अफगानिस्तानमा कम्तीमा ३० जनाको मृत्यु भएको छ। मृत्यु भएकामध्ये सबैजना तालिबान लडाकुहरु रहेको रक्षा मन्त्रालयका उच्च अधिकारीहरुले पुष्टि गरेका छन्।

घटनामा परी अरु १७ जना घाइतेसमेत भएको अधिकारीहरुले जानकारी दिएका छन्। शुक्रबार दुई प्रान्तमा घटना भएको जनाइएको छ।

देशको उत्तरी क्षेत्रमा पर्ने जावज्जान प्रान्तमा १९ जनाको मृत्यु भएको थियो भने १७ जना घाइते भएका थिए। मुर्घाब र हसानमा रहेको तालिबान लडाकुहरुको आश्रयस्थललाई लक्षित गरेर सुरक्षाकर्मीहरुले हवाइ आक्रमण गरेका थिए।

त्यसैगरी हेल्मन्ड प्रान्तको लश्कर गाहमा पनि सुरक्षाकर्मीहरुले हवाई आक्रमण गरेका थिए। घटनास्थलबाट सुरक्षाकर्मीहरुले सवारी साधनहरु, बंकर, विस्फोटक पदार्थलगायतका लडाकूहरुले प्रयोग गर्नेगरेको सामग्रीहरु पनि बरामद गरेका छन्।

लामो समयदेखि आन्तरिक द्वन्द्व चलिरहेको अफगानिस्तानमा द्वन्द्व अन्त्यका लागि प्रयासहरु भइरहे पनि टुंगीन सकेको छैन। द्वन्द्वका कारण अहिलेसम्म अफगानिस्तानमा हजारौको मृत्यु भएको छ भने लाखौँ विस्थापित भएका छन्। एजेन्सी