भारतको महाराष्ट्र प्रदेशमा अविरल वर्षाका कारण आएको बाढी पहिरोमा परी हालसम्म १३५ जनाको मृत्यु भइसकेको छ ।
बाढी र पहिरोमा परी हालसम्म ९९ जना बेपत्ता भएका छन् । हराएकाहरूको खोजी भइरहेको छ ।
यसैगरी मनसुनजन्य विपदबाट ५३ जना घाइते भएका छन् । घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
आइतबार बिहानसम्म १ लाख ३५ हजार मानिसलाई बाढी प्रभावित क्षेत्रबाट हटाइएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।
भारतीय सेना एयरफोर्स र नेभीको साथमा उद्धार कार्यमा लागिरहेको छ ।