logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अमेरिकामा भेटियो कोरोना भाइरसको खतरनाक नयाँ ‘भेरिएन्ट’, भारतमा उच्च शतर्कता


अंकुरण खबर
676
Shares

कोरोना भाइरसको फेरि अर्को खतरनाक नयाँ ‘भेरिएन्ट’ अमेरिकामा भेटिएको छ ।

अहिलेसम्मकै खतरनाक नयाँ ‘भेरिएन्ट’ भेटिएपछि वैज्ञानिक समेत चिन्तामा परेका छन् । अमेरिकामा पछिल्लो हप्ता कोरोनाको डेल्टा–३ भेरिएन्ट भेटिएको वैज्ञानिकहरुले बताएका हुन् ।

वैज्ञानिकहरुका अनुसार यो नयाँ भेरिएन्ट डेल्टाको तुलनामा अत्यधिक फैलिने क्षमताको मात्र नभएर खोप लगाएका मानिसलाई पनि पुनः संक्रमण सक्ने खालको भएको पाइएको हो ।

छिमेकी मुलुक भारतमा यो भेरिएन्ट देखापरिनसकेको भए पनि उच्च शतर्कता जारी गरेको भारतीय सञ्चारमाध्यले जनाएका छन् ।यस विषयमा भारतमा व्यापक निगरानी थालिएको छ।

नयाँ दिल्लीस्थित आईजीआईबीका वैज्ञानिक डा विनोद स्कारियाका अनुसार भाइरस उत्परिर्वतन भएपछि एवाई–३ भेरिएन्ट फेला परेको हो । यसलाई डेल्टा–३ पनि भनिन्छ ।