logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भारतमा ३० हजार बढी संक्रमित थपिए, ४१५ जनाको मृत्यु


अंकुरण खबर
1.664K
Shares

भारतमा थप ३० हजारमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

तीन महिना अघिसम्म लगातार ४ लाख संक्रमित हुँदै आएकोमा पछिल्लो २४ घण्टामा त्यहाँ ३० हजार १२५ जनामा संक्रमण भएको छ ।

पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ३ करोड १४ लाख ३९ हजार ७६४ पुगेको छ ।

यो समाचार तयार पार्दासम्म भारतमा ४ लाख ५ हजार ३०६ जना संक्रिय संक्रमित छन् । यस्तै त्यहाँ एकै दिन ४१५ संक्रमितको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएको छ ।

पछिल्लो विवरणसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख २१ हजार ४११ पुगेको छ ।