logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बाइडेन प्रशासनले गैरकानुनी रूपमा भित्रिएका आप्रवासीलाई देश निकाला गर्ने


अंकुरण खबर
884
Shares

बाइडेन प्रशासनले केही आप्रवासी परिवारहरूलाई देश निकाला गर्ने भएको छ।

गैरकानुनी रूपमा मेक्सिकोको सीमा पार गरेर आएकाहरूलाई तीब्र देशनिकाला सूचारु गर्न लागिएको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले जनाएको छ।

महामारी सम्बन्धित सीमा नीतिअन्तरगत नपरेका परिवारका लागि देशनिकालाको प्रक्रिया लागू हुनेछ। सीमा क्षेत्रबाट गैरकानुनी रूपमा आउनेहरूलाई दुरुत्साहन गर्नका लागि बाइडेन प्रशासनले यो कदम चाल्न लागेको हो।

बाइडेन प्रशासनले आप्रवासनको मुख्य कारणलाई सम्बोधन गर्ने प्रयास गरिरहेकाले गैरकानुनी रूपमा नआउन राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसले बारम्बार चेतावनी दिँदै आएका छन्।

डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले सोमबार वक्तब्य जारी गरेर सिमाक्षेत्रबाट पोर्ट अफ इन्ट्रीमा इन्सपेक्सन विना अमेरिका प्रवेशको प्रयास गर्नु गलत बाटो भएको बताएको छ। यस्तो गर्न प्रयास गर्नु खतरनाक कार्य रहेको र यस्तो गर्न प्रयास गरेमा दीर्घकालिन अध्यागमन अवस्थाहरू सिर्जना हुने चेतावनी दिइएको छ।

पछिल्ला महिनामा सीमा क्षेत्रमा आप्रवासी परिवार पक्राउ पर्नेदर पनि अत्यन्तै बढेको छ। जुनमामात्र ५० हजारभन्दा धेरै आप्रवासी परिवार पक्राउ परेका थिए। मेमा यो संख्या ४० हजार ८ सय १५ रहेको थियो। एजेन्सी