इराकमा मलामी गएका ८ जनाको हत्या गरिएको छ ।
बगदादबाट उत्तरी क्षेत्रमा अतिवादी आइएसले मलामी गएका माथि बम आक्रमण गरेका हुन् ।
यात्रिब नगरको एक गाउँमा शुक्रबार राति उनीहरुले आक्रमण गर्दा कम्तिमा आठ जनाको मृत्यु भएको हो ।
आक्रमणमा परेर अरु १० जना नराम्ररी घाइते भएका छन् । घाइतेलाई नजिकैको अस्पतालमा उपचार भइरहेको बताइएको छ । एजेन्सी