logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

चीनमा बाढी : मर्नेको संख्या ३०२ पुग्यो, दर्जनौ अझै बेपत्ता


अंकुरण खबर
988
Shares

चीनको हेनान प्रान्तमा  भीषण वर्षाका कारण आएको बाढीमा परी मर्नेहरूको संख्या ३०२ पुगेको छ । दर्जनौ मानिस अझै बेपत्ता भएका छन् ।

हेनानको राजधानी झेङ्गझाउमा मात्र बाढीमा परी २९२ जनाको मृत्यु भएको छ भने ४७ जना बेपत्ता भएको अल जजिरा मिडियाले जनाएको छ ।

लगातार तीन दिन भारी वर्षा भएपछि झेङ्गझाउ पूर्ण रुपमा प्रभावित भएको थियो।

वर्षाका कारण २ बिलियन अमेरिकी डलरभन्दा धेरैको नोक्सान भएको छ ।

चिनियाँ अधिकारीहरूले हजार वर्षपछि यस्तो  वर्षा भएको बताएका छन् ।