logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अफगानी राष्ट्रपतिको भवन नजिकै शक्तिशाली विष्फोट


अंकुरण खबर
858
Shares

अफगानिस्तानको राजधानी काबुलस्थित राष्ट्रपति अशरफ गनीको भवन नजिकै शक्तिशाली विष्फोट भएको छ ।

विष्फोट भएको इलाकामा थुपै सरकारी भवन, विभिन्न दूतावास, अन्तर्राष्ट्रिय मिडिया संगठन र सहायक एजेन्सीहरू थिए ।

विष्फोट स्थानीय समय अनुसार मंगलबार राति ८ बजेतिर भएको थियो । कार्यबाहक रक्षामन्त्रीको घरलाई निशाना बनाइ विष्फोट भएको देखिएको विदेशी सञ्चारमाध्यमले जनाएका छन् । भएकाे विष्फोटको जिम्मेवारी कसैले पनि लिएको छैन ।

विष्फोटपछि कार्यबाहक रक्षामन्त्री बिसमिल्लाह मोहमदीले आफू र आफ्नो परिवारलाई केही पनि नभएको तर आफ्ना केही बडीगार्ड भने  घाइते भएको बताएका छन्।

गृह मन्त्रालयका प्रवक्ताका अनुसार विष्फोटपछि हतियारधारी समूह उक्त इलाकामा प्रवेश गरेका थिए ।

बडीगार्ड र प्रहरीको गोली लागी तीन जना हतियारधारीको मृत्यु भएको छ ।

विष्फोट भएको केही समयपछि नै काबुलको अर्को स्थानमा पनि शक्तिशाली विष्फोट भएको थियो ।