logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

विश्वभर कोरोना भाइरसबाट ४२ लाख ५४ हजारको मृत्यु


अंकुरण खबर
1.261K
Shares

कोरोना भाइरसको सन्त्रास सारा संसारभर व्याप्त छ । सन् २०१९ को डिसेम्बरमा चीनको वुहानबाट फैलिएको भाइरसका अनेकन भेरियन्ट देखा परेका छन् । भाइरसले रोकिने नाम लिएको छैन ।

जोन्स होप्किन्स युनिभर्सिटीका अनुसार हालसम्म विश्वभर ४२ लाख ५४ हजार ९४८ जना संक्रमितले ज्यान गुमाइसकेका छन् भने २० करोड १ लाख ३६ हजार ४१९ जनामा संक्रमण पुष्टि भइसकेको छ ।

भाइरसबाट सबैभन्दा धेरै प्रभावित मुलुक हो, अमेरिका । अमेरिकामा हालसम्म ६ लाख १४ हजार ७९३ जना संक्रमितले ज्यान गुमाइसकेका छन् ।

अमेरिकापछि ब्राजिलमा ज्यान गुमाउनेको संख्या धेरै छ । ब्राजिलमा हालसम्म ५ लाख ५९ हजार ६०७ जनाले ज्यान गुमाइसकेका छन् ।

छिमेकी मुलुक भारत संक्रमितका हिसाबले विश्वको दोस्रो र मृत्युका हिसाबले तेस्रो स्थानमा छ । भारतमा हालसम्म ४ लाख २५ हजार ७५७ जना संक्रमितले ज्यान गुमाइसकेका छन् ।

यसैगरी मेक्सिकोमा २ लाख ४१ हजार ९३६, पेरुमा १ लाख ९६ हजार ५९८, रुसमा १ लाख ५९ हजार ३२, बेलायतमा १ लाख ३० हजार २९९, इटालीमा १ लाख २८ हजार १३६ र कोलम्बियामा १ लाख २१ हजार ६९५ जना संक्रमितले ज्यान गुमाइसकेका छन् । एजेन्सी