logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

एक जनामा कोरोना देखिँदा अस्ट्रेलियाको राजधानी एक हप्ताको लागि बन्द


अंकुरण खबर
780
Shares

एक वर्षपछि एक जनामा कोरोना भाइरसको संक्रमण देखिँदा अस्ट्रेलियाको राजधानी क्यानबेरामा एक हप्तासम्म लकडाउन गरिने भएको छ।

वर्ष दिनभन्दा लामो समयपछि एकजना संक्रमित भेटिएसँगै स्थानीय समयअनुसार साँझ ५ बजेबाट लकडाउन गर्न लागिएको हो।

संक्रमितमा कसरी कोरोना भेटियो भन्ने विषयमा अधिकारीहरु स्पष्ट हुन नसकेका कारण शहरको पुरै इलाकामा लकडाउन गरिएको जनाइएको छ।

लकडाउन अवधिमा मानिसहरु अत्यावश्यक कारणबाहेक घरबाहिर निस्कन पाउने छैनन्। लकडाउन हुने तय भएसँगै सुपर मार्केटहरुमा किनमेल गर्ने मानिसको भीड बढेको छ।

अष्ट्रेलियामा पछिल्लो समय अति संक्रामक डेल्टा भेरियन्ट फैलनसक्ने त्रास छ। एजेन्सी