logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मिनी ट्रकमा ग्रिनेड विस्फोट हुँदा कराचीमा एकै परिवारका १० जनाको मृत्यु


अंकुरण खबर
897
Shares

पाकिस्तानको कराची सहरमा भएको ग्रिनेड हमलामा ११ जनाको मृत्यु भएको छ।

बीबीसीका अनुसार सहरको बाहिरी इलाकामा गुडिरहेको मिनी ट्रकमाथि ग्रिनेड प्रहार भएको थियो। घटनामा एकै परिवारका १० जनाको मृत्यु भएको छ, जसमा ६ महिना र ४ बच्चा छन्। नौ जना घाइते भएका छन्।

सुरुमा सिलिन्डर विस्फोट भएको अनुमान गरिएको थियो। पछि कराची प्रहरीले सिलिन्डर विस्फोटको कुनै संकेत नदेखिएको र ग्रिनेड पड्काइएको प्रमाण मिलेको बताएको छ।

आतंकवादीले गुडिरहेको मोटरसाइकलबाट मिनी ट्रकमा ग्रिनेड फ्याँकेको प्रहरीले बताएको छ। ट्रकमा २५ जना सवार थिए। उनीहरु विवाहक समारोहमा भाग लिएर फर्किंदै थिए। एजेन्सी