logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भारतका यी पाँच राज्यमा बढ्यो संक्रमण


अंकुरण खबर
780
Shares

नयाँ दिल्ली– भारतमा पछिल्लो २४ घण्टामा कोभिड १९ का ३६ हजार भन्दा बढि नयाँ संक्रमित भेटिएका छन् । त्यस्तै ५०० भन्दा कमको संक्रमणबाट मृत्यु भएको छ ।

भारतको केन्द्रिय स्वास्थ्य मन्त्रलायबाट जारी गरिएको ताजा तथ्यांक अनुसार सक्रिय संक्रमितको संख्या ३ लाख ८५ हजार भन्दा धेरै रहेको छ ।

केन्द्रिय स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा पछिल्लो २४ घण्टामा ३७ हजार ९२७ कोरोनामुक्त भएका छन् ।

केन्द्रिय स्वास्थ्य मन्त्रालयका अनुसार पाँच वटा राज्यमा ८४ दशमलव ३ प्रतिशत नयाँ संक्रमित थपिएका छन्, जसमा ५३.९१ प्रतिशत केरलामा मात्र रहेको छ ।

ताजा तथ्यांक अनुसार केरलामा १९,४५१ जना, महाराष्ट्रमा ५,७८७ जना, तमिलनाडुमा १,९१६ जना, कर्नाटकमा १,६३२ जना तथा आन्ध्र प्रदेशमा १,५३५ जनामा संक्रमण देखिएको छ ।

त्यस्तै संक्रमणबाट सबैभन्दा धेरै मृत्यु पनि महाराष्ट्रमा १७९ जनाको भएको छ भने केरेलामा १०५ जना संक्रमितको मृत्यु भएको छ ।