logo
  • सोमवार, कार्तिक १७, २०८३ / Monday, Nov, 02 ,2026

विश्वभर कोरोना भाइरसबाट ४३ लाख ७० हजारको मृत्यु


अंकुरण खबर
806
Shares

कोरोना भाइरसको सन्त्रास सारा संसारभर व्याप्त छ । सन् २०१९ को डिसेम्बरमा चीनको वुहानबाट फैलिएको भाइरसका अनेकन भेरियन्ट देखा परेका छन् । भाइरसले रोकिने नाम लिएको छैन ।

जोन्स होप्किन्स युनिभर्सिटीका अनुसार हालसम्म विश्वभर ४३ लाख ७० हजार ४२२ जना संक्रमितले ज्यान गुमाइसकेका छन् भने २० करोड ७७ लाख ९५ हजार ३३ जनामा संक्रमण पुष्टि भइसकेको छ ।

भाइरसबाट सबैभन्दा धेरै प्रभावित मुलुक हो-अमेरिका । अमेरिकामा हालसम्म ६ लाख २२ हजार २९० जना संक्रमितले ज्यान गुमाइसकेका छन् ।

अमेरिकापछि ब्राजिलमा ज्यान गुमाउनेको संख्या धेरै छ । ब्राजिलमा हालसम्म ५ लाख ६९ हजार ४९२ जनाले ज्यान गुमाइसकेका छन् ।

छिमेकी मुलुक भारत संक्रमितका हिसाबले विश्वको दोस्रो र मृत्युका हिसाबले तेस्रो स्थानमा छ । भारतमा हालसम्म ४ लाख ३१ हजार ६४२ जना संक्रमितले ज्यान गुमाइसकेका छन् ।

यसैगरी मेक्सिकोमा २ लाख ४८ हजार ३८०, पेरुमा १ लाख ९७ हजार ३९३, रुसमा १ लाख ६८ हजार ३८४, बेलायतमा १ लाख ३१ हजार २९६, इटालीमा १ लाख २८ हजार ४५६ र कोलम्बियामा १ लाख २३ हजार ५८० जना संक्रमितले ज्यान गुमाइसकेका छन् ।

हालसम्म विश्वभर कोरोना भाइरस विरुद्ध ४ अर्ब ७० करोड ३५ लाख २९ हजार ८२२ डोज भ्याक्सिन लगाइसकिएको छ । एजेन्सी