logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अफगानिस्तानबाट सबै अमेरिकीको उद्धार नभएसम्म सेना फिर्ता हुँदैन : बाइडेन


अंकुरण खबर
962
Shares

अमेरिकी राष्ट्रपति जो बाइडेनले सबै अमेरिकीको उद्धार नभएसम्म सैनिक अफगानिस्तानमा रहने बताएका छन्।

अमेरिकी टेलिभिजन नेटवर्क एबिसीलाई दिएको अन्तर्वार्तामा राष्ट्रपति बाइडेनले सबै अमेरिकीलाई अफगानिस्तानबाट बाहिर नल्याएसम्म सैनिक रहने बताएका हुन्।

अमेरिकी सैनिक पूर्ण रुपमा अगस्ट ३१ सम्ममा फिर्ता गर्ने कार्यतालिका छ। तर सो अवधिमा सबै अमेरिकीलाई उद्धार गर्न नसकिएमा त्यो भन्दा पछिसम्म पनि रहने बाइडेनले बताएका छन्।

सबै अमेरिकीलाई ३१ अगस्ट भित्रै उद्धार गर्न वा फिर्ता लैजान प्रयास गर्ने तर नसकिएमा कसैलाई पनि नछोडिने बताएका हुन्। अहिले अफगानिस्तानमा १० हजारदेखि १५ हजार अमेरिकी रहेको अनुमान छ।

अमेरिकी अधिकारीसँग काम गरेका ५० हजारदेखि ६५ हजार अफगानीहरु पनि अफगानिस्तानबाट बाहिरिन चाहेको बाइडेनले बताए।

बाइडेनले अन्तर्वार्ताको क्रममा अफगानिस्तानमा निम्तिएको अहिलेको अस्तव्यवस्था अवस्था निश्चित रहेको पनि बताएका छन्।

गएको आइतबार अफगानिस्तानमा तालिबानले नियन्त्रण कायम गरेको हो। त्यसयता अमेरिकाले ५२ सय भन्दा बढीको उद्धार गरेको छ।

यस्तै बेलायतले १२ सय, जर्मनीले एक सय अफगानीसहित ५०० जना, फ्रान्सले १८४ अफगानीसहित २०९ जना, स्पेनले ५०० जना, नेदरल्याण्ड्सले ३५ जना, डेनमार्कले ८४ जना, हंगेरीले २६ जना, पोल्याण्डले ५० जना, भारतले १७० जना, तर्कीले ५५२ जनाको उद्धार गरेका छन्।

यसैबिच तालिबान लडाकुले विमानस्थल जाने मार्गको चेकपोइन्टमा नियन्त्रण कायम गरेको छ। यसका कारण सर्वसाधारणलाई विमानस्थल पुग्न असहज भएको र अस्तव्यस्त अवस्था सिर्जना भएको छ। एजेन्सी