logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अफगानिस्तानका महिला फुटबल खेलाडीको उद्धार गर्न फिफाको आग्रह


अंकुरण खबर
1.326K
Shares

 

विश्व फुटबल महासंघ(फिफा) ले अफगानिस्तानको महिला फुटबल टोलीका सदस्यहरुको उद्धारका लागि विश्वका विभिन्न देशसँग आग्रह गरेको छ ।

अफगानिस्ता तालिबानको नियन्त्रणमा आएपछि त्यहाँका महिला फुटबलरलाई खतरा हुने भन्दै फिफाले उद्धारका विभिन्न देशका सरकारलाई पत्र लेखेको हो।

फिफाले अफगानिस्तानको अवस्था अस्थिर र निकै चिन्ताजनक रहेको बताएको छ। खेलाडीहरूले आफ्नो जीवन जोखिममा परेको भन्दै सहयोगका लागि अपिल गरेका छन्।

खेलाडीहरुको संस्था फिपप्रोले पनि सहयोगका लागि आह्वान गरेको छ।

उद्धार योजनाका लागि सरकारहरुसँग सम्पर्क गरिएको र जति सक्दो धेरैको उद्धार गर्ने प्रयास भइरहेको फिपप्रोले उल्लेख गरेको छ । एजेन्सी