logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मेक्सिकोमा भीषण आँधी, कम्तिमा ८ जनाको मृत्यु


अंकुरण खबर
1.989K
Shares

मेक्सिकोमा भीषण आँधी, कम्तिमा ८ जनाको मृत्यु

मेक्सिकोमा आएको भीषण आँधीका कारण कम्तिमा पनि आठ जनाको मृत्यु भएको छ।

पूर्वी मेक्सिकोमा शनिबार तीव्र गतिको हावा र ठूलो वर्षासहित भिषण आँधी आएको बीबीसीले जनाएको छ। आँधीले भेराक्रुज राज्य सबैभन्दा बढी प्रभावित भएको छ।

आँधीमा ज्यान गुमाउनेमध्ये ६ जना एकै परिवारका भएका स्थानीय सञ्चार माध्यमले जनाएका छन्। वैज्ञानिकहरुले मेक्सिकोमा गएको आँधीलाई ‘ग्रेस’ नामाकरण गरेका छन्। आँधीको कारण कतिपय ठाउँमा विद्युत् आपूर्ति ठप्प भएको छ।