logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अफगानिस्तानबाट भारतीय विमानमा राखी २ नेपालीको उद्धार


अंकुरण खबर
1.118K
Shares

अफगानिस्तानमा बसिरहेका दुईजना नेपालीहरूलाई ८७ जना भारतीयहरूसँगै एआई १९५६ विमानमा राखेर उद्धार गरिएको छ ।

भारतको परराष्ट्र मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले ट्विटरमा दिएको जानकारी अनुसार, ताजिकिस्तानबाट दिल्लीका लागि उक्त विमान शनिवार राति उडेको छ ।

उद्धारका लागि दुशान्बेस्थित भारतीय दूतावासले सहयोग तथा समर्थन गरेको बागचीले जानकारी दिएका छन् ।

उद्धारका लागि अन्य उडानहरू पनि सञ्चालन गरिरहेको उनको भनाइ छ । एजेन्सी