अफगानिस्तानको राजधानी काबुलस्थित हामिद कारजाई अन्तर्राष्ट्रिय विमास्थलबाहिर भीडभाडका क्रममा कम्तीमा ७ जना अफगान नागरिकको मृत्यु भएको छ।
बेलायतको रक्षा मन्त्रालयले यो जानकारी दिएको हो। तालिबानले अफगानिस्तान कब्जा गरेपछि अहिले त्यहाँको विमानस्थलमा त्यहाँबाट बाहिरिन चाहनेहरूको दैनिक भीड लागिरहेको छ।
बेलायतको रक्षा मन्त्रालयले भनेको छ, ‘अफगानिस्तानको भूमि अहिले धेरै नै चुनौतीपूर्ण बनिरहेको छ। तर जतिसक्दो सुरक्षा दिएर सम्हाल्ने कोसिस गरिरहेका छौं।’
हजारौं अफगान नागरिक देशबाट निस्किने प्रयास गरिरहेका छन्, जसले गर्दा काबुलको विमानस्थलमा भागदौड मच्चिरहेको छ। एजेन्सी