logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भारतमा एकै दिन २५ हजार संक्रमित थपिँदा ठीक हुनेको संख्या ४४ हजार माथि


अंकुरण खबर
871
Shares

भारतमा पछिल्लो २४ घन्टामा २५ हजार ७२ जनामा कोभिड-१९ को संक्रमण पहिचान भएको छ।

भारतको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै समाचार संस्था एएनआईले जनाएअनुसार यस अवधिमा ४४ हजार १ सय ५७ जना संक्रमणमुक्त भएका छन् । संक्रमणकै बिचमा मृत्यु हुनेको संख्या ३ सय ८९ रहेको छ।

यससँगै भारतमा कोभिड-१९ संक्रमित हुने कूल संख्या ३ करोड २४ लाख ४९ हजार ३ सय ६ पुगेको छ। यीमध्ये ठीक हुनेको संख्या ३ करोड १६ लाख ८० हजार ६ सय २६ रहेको छ।

अहिले भारतमा एक्टिभ केस ३ लाख ३३ हजार ९ सय २४ रहेको छ। कोभिड संक्रमणकै बिच ज्यान गुमाउनेको संख्या भारतमा ४ लाख ३४ हजार ७ सय ५६ रहेको छ।

पछिल्लो २४ घन्टामा भारतमा ७ लाख ९५ हजार ५ सय ४३ जनाले कोभिड-१९ विरुद्धको खोप पाएका छन्। यससँगै भारतमा खोप लगाउनेको जनसंख्या ५८ करोड २५ लाख ४९ हजार ५ सय ९५ पुगेको छ।