logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भारतमा अर्को महिनादेखि तेस्रो लहर आउन सक्ने, बालबालिकालाई सुरक्षित राख्न जोड


अंकुरण खबर
923
Shares

भारतमा कोरोना संक्रमणको स्थिति अहिले पनि उत्तिकै भयावह रहेको छ । दोस्रो लहरसंगै तेस्रो लहर प्रवेश हुन लागेको वैज्ञानिकहरुको दावी गरिरहेका छन् ।

वैज्ञानिकहरुले यही वर्षको सेप्टेम्बर महिनादेखि अक्टुबरको बीचमा तेस्रो लहर आउने आशंका व्यक्त गरेका छन् । यसका साथै भाइरसको तेस्रो लहर अक्टुबर महिनाको वरपर नै चरमविन्दु पुग्न सक्ने बताइएको छ ।

यसैबीच, भारतको राष्ट्रिय आपदा प्रबन्धन संस्थानको एक्सपर्ट प्यानलले कोरोना भाइरसको तेस्रो लहरप्रति चेतावनी जारी गरेको छ । कोभिड–१९ को तेस्रो लहरमा बालबालिकालाई पनि ठूला मानिसहरुलाई जस्तै खतरा हुन्छ ।

त्यहि क्रममा कमिटीले बालबालिकालाई राम्रो मेडिकल तयारीको आवश्यकतामा जोड दिएको छ भने बालबालिकालाई यथाशिघ्र कोरोनाविरुद्धको खोप लगाउनु पर्ने कुरामा पनि जोड दिइएको छ ।

कमिटीले भारतमा अहिले बालबालिकाका लागि सुविधा, डाक्टर, कर्मचारी, भेन्टिलेटर, एम्बुलेन्स इत्यादि जस्ता उपकरणको व्यवस्था नभएको पनि बताएको छ ।

ठूलो संख्यामा बालबालिका संक्रमित भएको स्थितिमा यी कुराहरुको आवश्यकता हुन सक्छ ।

कोरोना भाइरसको अबको लहरमा २३ प्रतिशत मानिस अस्पताल भर्ना हुन सक्छन्, जसका लागि केन्द्रिय सरकारले करीब २ लाख आईसीयू बेड तयार राख्नु आवश्यक रहेको नीति आयोगका सदस्य र केन्द्र सरकारको कोभिड १९ टास्क फोर्सका नेतृत्व गरिरहेका बीके पल बताउँछन् ।