logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

तालिबानलाई द्विपक्षीय मान्यता नदिन बेलायती प्रधानमन्त्रीको आग्रह


अंकुरण खबर
1.001K
Shares

बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले अफगानिस्तान सरकारको रुपमा तालिबानलाई कसैले पनि द्विपक्षीय रुपमा मान्यता दिन नसकिने बताएका छन् ।

प्रधानमन्त्री जोन्सनले अफगानिस्तानमा चाँडै नयाँ सरकार बन्ने स्पष्ट भइसकेकाले तालिबानलाई द्विपक्षीय रुपमा मान्यता नदिन आग्रह गरेका हुन्।

संयुक्त राष्ट्र संघ र नाटोजस्ता संयन्त्रको माध्यमबाट अफगानिस्तानमा मिलेर काम गर्न उनले पश्चिमलाई आग्रह गर्नुभएको छ । तालिबान बिद्रोही आइतबार काबुलमा प्रवेश गरेपछि राष्ट्रपति असरफ घानीले देश छोडेका छन् ।

अफगानिस्तानस्थित अमेरिकी दूतावासले राजधानी काबुलमा रहेको विमानस्थलमा कूटनीतिज्ञ, अधिकारी र अन्य अफगानहरु देश छोड्न भागदौड गरिरहेको देखिएका छन् ।

प्रधानमन्त्री जोन्सनले अफगानिस्तानबाट बेलायती नागरिक र कूटनीतिज्ञ तथा अन्य अफगानी नागरिकहरुलाई बाहिर ल्याउनका लागि राजदूतले चौबीसै घण्टा काम गरिरहेको र विमानस्थलमा आवेदनको प्रक्रियामा मद्दत गरिरहेको बताए। एजेन्सी

उनले यति चाँडै अफगानिस्तान तालिबानको हातमा पर्ने भन्ने विश्वास नभएको तर, चाँडै अफगानिस्तानमा नयाँ सरकार गठन हुने भएकाले कुनै पनि मुलुकलाई तालिबानलाई द्विपक्षीय मान्यता नदिन उनले आग्रह गरेका छन् ।