logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भारतमा थपिए ४२ हजार संक्रमित, पाँचौ दिन लगातार ४० हजार भन्दा बढी संक्रमित पहिचान


अंकुरण खबर
806
Shares

भारतमा पाँचौ दिन लगातार दैनिक ४० हजारभन्दा बढी कोरोना संक्रमितको पहिचान भएको छ।

पछिल्लो २४ घण्टामा भारतचर ४२ हजार ९०९ जनामा संक्रमण देखिएको छ। यी मध्ये २९ हजार ८२६ जना संक्रमित केरलामा पहिचान भएका हुन्।

यस्तै, ३४ हजार ७६३ जना संक्रमण मुक्त भएका छन्। हाल भारतभर सक्रिय कोरोना संक्रमितको संख्या ३ लाख ७६ हजार ३२४ पुगेको छ।

संक्रमणका कारण थप ३८० जनाको मृत्यु भएको छ। यसँगै भारतमा कोभिड-१९ संक्रमणका कारण मृत्यु हुनेको संख्या ४ लाख ३८ हजार २१० पुगेको छ।