logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भारतमा एकैदिन ४१ हजारमा काेराेना संक्रमण, ४६० काे मृत्यु


अंकुरण खबर
1.391K
Shares

भारतमा पछिल्लाे २४ घण्टामा थप ४१ हजार ९६५ जना संक्रमित थपिएका छन् । भारतीय सञ्चारमाध्यहरूका अनुसार याे अवधिमा थप ४६० जनाकाे काेराेना संक्रमणका कारण मृत्यु भएकाे छ ।

याे सँगै भारतमा ४ लाख ३० हजार २०३ जनाकाे मृत्यु काेराेना संक्रमणका कारण भइसकेकाे छ ।

पछिल्लो २४ घण्टामा देशभरका संक्रमितमध्ये केरलामा मात्रै ३० हजार २०३ जना सङ्क्रमित भएका अधिकारीले जनाएका छन् । सोही अवधिमा केरलामा ११५ जनाको मृत्यु भएको छ ।

अहिलेसम्म कूल तीन करोड १९ लाख ९३ हजार ६४४ जना कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन्। तीमध्ये ३३ हजार ९६४ जना पछिल्लो २४ घण्टामा सङ्क्रमणमुक्त भएका हुन् । भारतमा कोरोना सङ्क्रमितको कूल सङ्ख्याको ९७.५१ प्रतिशत कोरोना सङ्क्रमणबाट निको भएका छन् । एजेन्सी ।