logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

न्यूयोर्कमा भीषण वर्षा : जनजीवन अस्तव्यस्त, आपतकालीन अवस्थाको घोषणा


अंकुरण खबर
637
Shares

भीषण वर्षा तथा भलबाढी आएपछि अमेरिकाको न्यूयोर्कमा आपतकालीन अवस्था घोषणा गरिएको छ ।

ट्रपिकल स्ट्रोम आइडाका कारण न्यूयोर्कसहितका क्षेत्रमा भीषणा वर्षा हुनुका साथै भलबाढी आएका कारण आपतकालीन अवस्था घोषणा गरेको हो ।

न्यूयोर्कका मेयर बिल डी ब्लासिओले शहरमा गम्भीर मौसमी गतिविधिको प्रभाव परेको बताएका छन् । भीषण वर्षा तथा बाढीले सडकको अवस्था नाजुक बनाएको अन्तर्राष्ट्रिय समाचारहरूमा बताइएको छ ।

छिमेकी राज्य न्यू जर्सीमा पनि आपतकालीन अवस्था लागू भएको छ । त्यहाँ एकजनाको ज्यान गएको समाचारमा जनाइएको छ ।

राष्ट्रिय मौसम सेवाको स्रोत उद्रित गर्दै समाचारमा जनाइए अनुसार न्यूयोर्कको सेन्ट्रल पार्कमा एक घण्टामा ८ सेन्टिमिटर पानी परेको छ ।