logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

वार्ता असफल भएपछि पन्जसिरका लडाकुले भनेः तालिबानविरुद्धको युद्ध जारी रहन्छ


अंकुरण खबर
1.001K
Shares

बुधबार तालिबानका प्रतिनिधि र पन्जसिरका लडाकु समूह एनआरएफबीच भएको वार्ता असफल भएको छ।

तालिबानका अनुसार एनआरएफसँग भएको वार्ता व्यर्थै खेर गएको छ। यससँगढै पन्जसिरका लडाकुले तालिबानविरद्धको युद्ध जारी रहने बताएका छन्।

भारतीय समाचार संस्था एएनआईका अनुसार तालिबानले पन्जसिरबाहेक सबै क्षेत्र कब्जामा लिइसकेको छ। तर पन्जसिरका लडाकुले भने तालिबानलाई पन्जसिर उपत्यका भित्र प्रवेश गर्न दिएका छैनन्। पन्जसिरसँग पर्याप्त हतियार र अनुभवी लडाकु भएका कारण तालिबान त्यहाँ घुस्न नसकेका हुन्।

बुधबार तालिबानका प्रतिनिधि आमिर खान मोताकीले पन्जसिरका लडाकुलाई अफगानिस्तान सबैको साझा घर भएको बताएका थिए। उनले भनेका थिए,‘हामी पन्जसिरमा अझै युद्ध रोक्न चाहन्छौं।’ यद्यपी पन्जसिरका लडाकुले मागहरु पुरा नभएसम्म युद्ध जारी राख्ने प्रतिवद्धता व्यक्त गरेका छन्।

तालिबानले महिलालाई कमै मात्र अधिकार दिएको छ तर एनआरएफ महिला पुरुष बराबर सिद्धान्तमा केन्द्रित भएको समूह हो।

यस्तै पन्जसिरका बहुसंख्यक नागरिक जातीय हिसाबमा ताजिक हुन् भने तालिबानहरु पास्तुन समुदायका हुन्। जसका कारण एनआरएफले सत्तामा समावेशी साझेदारीको माग गरेको छ।

माग पुरा नभएर लडाइँ हुने र आफू त्यसको लागि तयार भएको एनआरएफको भनाइ छ।