logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बेलायतमा ४२ हजार नयाँ संक्रमित


अंकुरण खबर
1.456K
Shares

बेलायतमा कोरोनाभाइरसबाट थप ४२ हजार नयाँ सङ्क्रमित थपिएका छन्।

योसँगै बेलायतमा अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या ६९ लाख चार हजार ९६९ पुगेको अधिकारीले जानकारी दिएका छन्।

उनीहरुका अनुसार पछिल्लो २४ घण्टामा १२१ जनाको कोरोनाभाइरसका कारण मृत्यु भएको छ। अहिलेसम्म मृत्यु भएकाको सङ्ख्या भने एक लाख ३३ हजार ४१ पुगेको छ।

बेलायतमा सङ्क्रमितको सङ्ख्या बढेपछि उच्च सतर्कताका लागि फेरि जोड दिन थालिएको छ। सरकारले खोपका लागि सबैलाई आह्वान गरिरहेको छ भने बालबालिकालाई पनि खोप लगाउने गृहकार्य भइरहेको छ।

विज्ञले १२ देखि १५ वर्षसम्मका बालबालिकालाई पनि खोप लगाउनु उपयुक्त हुने सुझाव पनि दिएका छन्।