logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अफ्रिकामा नवजात शिशु वृद्धजस्तो जन्मिएपछि…


अंकुरण खबर
1.157K
Shares

दक्षिण अफ्रिकामा नवजात शिशु वृद्धजस्तो जन्मिएपछि एक घर परिवार बच्चा छाडेर भागेको विषय सार्वजनिक भएको छ।

अन्टराष्ट्रिय समाचारका अनुसार उक्त नवजात शिशुको शरीरको त्वचा ६० वर्षका व्यक्तिको जस्तो छ।

तर शिशुका पिताले भने बच्चालाई अस्पताल लगेपछि भने उनीहरुलाई शिशुमा प्रोजेरिया रोग रहेको थाहा भयो। गत अगष्ट ३० मा एक २० वर्षकी युवतीले घरमै बच्चा जन्माएकी थिइन्।

जब ती युवतीले बच्चा जन्माइन् शिशु देखेर उनी नै त्रसित भएकी थिइन्। हाल बच्चा र आमाको स्वास्थ्य अवस्था सामान्य भएको बताइएको छ। चिकित्सकहरुका अनुसार प्रोजेरिया रोग भएका मानिसहरु धेरै बाँच्दैनन्।

हालै मात्र बेलायतमा प्रोजेरिया भएका एक किशोरको १८ वर्षको उमेरमा मृत्यु भएको थियो। मृत्यु हुनेबेला उनी १४४ वर्षका जस्तो देखिएको द मिररले जनाएको छ।

चिकित्सकहरुका अनुसार प्रोजेरिया रोगकै कारण शिशुलाई माया गर्न छाड्नु हुन्न। यो रोग दुर्लभ मानिन्छ र शिशुको हेरचाहमा धेरै ध्यान दिन जरुरी छ।