तालिबानले अफगानिस्तान कब्जा गरेको तीन सातापछि नयाँ सरकार घोषणा गरेको छ। तालिबानका अनुसार मुल्लाह मोहम्मद हसन अखुन्द अफगानिस्तानका नयाँ प्रधानमन्त्री हुनेछन्।
उपप्रधानमन्त्रीमा तालिबानका सहसंस्थापक अब्दुल गनी बरादर नियुक्त भएको तालिबानका प्रवक्ता जबिहुल्लाह मुजाहिदले बताएका छन्।
तालिबानका अनुसार निमित्त रक्षामन्त्री मुल्लाह याकूब र निमित्त विदेशमन्त्री आमिर खान हुनेछन् भने दोस्रा उपनेता मुल्लाह अब्दुल सलाम हुनेछन्। यस्तै सराजुद्दिन हक्कानी भने अफगानिस्तानको निमित्त आन्तरिक मामिलामन्त्री नियुक्त भएका छन्। उन हक्कानी सञ्जालका प्रमुख पनि हुन्।
हक्कानी सञ्जालका प्रमुख सराजुद्दिनलाई पनि मन्त्री नियुक्त गरेपछि सुरुवातमै तालिबानको नेतृत्वमा बनेको सरकार आलोचनाका सिकार बनेको छ। अमेरिकासँगको सम्झौतामा तालिबानले अफगानिस्तान कुनै पनि आतंकवादी संगठनको लागि उर्वर भूमि हुन नदिने बताएको थियो।
तर अमेरिकाले आतंकवादी संगठन घोषणा गरेको हक्कानी नेटवर्कका प्रमुखलाई नै तालिबानले मन्त्री बनाएको हो।

टाउकोको मूल्य
सराजुद्दिन हक्कानीलाई अमेरिकाले प्रमुख आतंकवादी मनेको छ। अर्थात् उनी अमेरिकाको लागि मोस्ट वान्टेड आतंकवादी हुन्। अमेरिकी संघीय अनुसन्धान विभागको वेबसाइटमा उनको टाउकोको मूल्य तोकिएको छ।
सराजुद्दिन हक्कानीको सूचना दिनेलाई ५० लाख अमेरिकी डलर अर्थात् ३६ करोड रुपैयाँभन्दा बढी इनाम तोकिएको छ। उनी हक्कानी सञ्जालका संस्थापक जलालुद्दिन हक्कानीका छोरा हुन्। अमेरिकी वेबसाइटमा सराजुद्दिन पाकिस्तानको उत्तरी वाजरिस्तानको मिराम शाह क्षेत्रमा लुकेर बसेको उल्लेख गरिएको छ।
सन् २००८ मा काबुलको होलटमा भएको बम आक्रमणमा सराजुद्दिनको संलग्नता भएको बताइएको छ। सो आक्रमणमा अमेरिकीसहित ६ जनाको ज्यान गएको थियो। यस्तै हाल हक्कानी सञ्जालका प्रमुख उनले तालिबानलाई अमेरिकी सेनाविरुद्ध आक्रमण गरेको आरोप लगाइएको छ।
तालिबानले भने सरकारलाई समावेशी बनाउन सबै क्षेत्रका व्यक्तिलाई मन्त्रिमण्डलमा समेटिएको जानकारी दिएको छ। इन्डिया डटकम