logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

तालिबानले कब्जा गरेपछि पन्जसिरका नागरिक भोकमरीको चपेटामा


अंकुरण खबर
598
Shares

पन्जसिर उपत्यका तालिबानको नियन्त्रणमा गएपछि त्यहाँ भोकमरीको अवस्था निम्तिएको र त्यहाँको मानवअधिकारको अवस्था निकै खराब बनेको बताइएको छ।

पन्जसिरका नागरिकहरुले अफगानिस्तानको समाचार च्यानल टोलो न्युजसँगको कुराकानीमा पन्जसिरतर्फ जाने सडकहरु खुला नगरे त्यहाँका बासिन्दाहरु भोकमरीका कारण मर्ने जानकारी दिएका हुन्।

खबरअनुसार पन्जसिरमा इन्टरनेट, सडक तथा बिजुली ठप्प छन्। एक परिवार जसले आफ्नो छोरा तालिबानको आक्रमणमा गुमाए, उनीहरुका अनुसार पन्जसिरको मानवअधिकारको अवस्था निकै नाजुक छ।

यसअघि पन्जसिरका लडाकु समूह एनआरएफले तालिबानलाई उपत्यकामा घुस्न दिएका थिएनन्। तर अत्याधुनिक हतियार र धेरै लडाकु भएका कारण तालिबानले पन्जसिर जितेको छ र त्यहाँ आफ्नो नियन्त्रण कायम गरेको छ।

केही क्षेत्रमा अझै एनआरएफका लडाकुले तालिबानमाथि आक्रमण गरिरहेको पनि बताइएको छ। जसका कारण घरमा नभएर त्यहाँका नागरिक पहाड तथा जंगलमा लुक्न बाध्य भएका छन्।

पूर्व जिहादी नेता अब्दुल रसुल सयाफले पन्जसिरका नागरिकको सम्पत्ति सुरक्षित राख्न तालिबानसँग आग्रह गरेका छन्। तालिबानले भने आफूले कुनै नागरिकलाई नोक्सान नपुर्याएको बताइरहेको छ।

तालिबानले सर्वसाधारणलाई दुःख दिएको खबर झुठो मात्र भएको तालिबानका साँस्कृतिक आयोगका सदस्य इनामुल्लाह समंगानीले बताएका छन्। बीबीसीहिन्दीको सहयोगमा