logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

तालिबानको नियमः पर्दा पछाडिबाट पुरुष शिक्षकले महिला विद्यार्थी पढाउन पाउने


अंकुरण खबर
767
Shares

तालिबानले शैक्षिक संस्थाहरुको लागि नयाँ नियम बनाएको छ। नियमअनुसार महिलाहरु विद्यालय तथा विश्वविद्यालय जान पाउनेछन्।

अफगानिस्तानको नयाँ उच्च शिक्षामन्त्री बकी हक्कानीले पत्रकारहरुसँग कुराकानी गर्दै महिलाहरुले पढ्न पाउने भएता पनि महिला विद्यार्थी र पुरुष विद्यार्थीलाई एकै कक्षामा राख्न नपाइने बताए।

उनका अनुसार महिला र पुरुषलाई पढाइने कक्षा कोठा अलग्गै हुनेछन्। साथै महिलाहरुले विद्यालय तथा विश्वविद्यालय जाँदा शरीर ढाक्ने कपडा लगाउनु पर्नेछ।

यस्तै पुरुष शिक्षकले महिला विद्यार्थी पढाउन पाउने तर शिक्षकलाई पर्दा पछाडि राखिनेछ जसले गर्दा पुरुष शिक्षक र महिला विद्यार्थीबीच प्रत्यक्ष देखादेख हुन पाउने छैन्। बीबीसी