logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

इरानमा शक्तिशाली भूकम्प


अंकुरण खबर
1.014K
Shares

तेहरान । इरानमा सोमबार शक्तिशाली भूकम्प आएको छ । अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजिएस) ले ५.१ म्याग्नीच्युडको भूकम्प आएको जनाएको छ ।

तुर्किमिनिस्तानसँगको सीमा क्षेत्रमा पर्ने इरानी भूभागमा सोमबार बिहान भूकम्प आएको अधिकारीहरुले जनाएका छन् ।

भूकम्प सतहदेखि १० किलोमिटर गइराईबाट आएको भूकम्प मापन केन्द्रले जनाएको छ ।

भूकम्पबाट अहिलेसम्म कुनै धन र जनको  क्षति भएको विवरण आइनसकेको सरकारी अधिकारीहरुले बताएका छन् । एएनआई