अन्तर्राष्ट्रियकोरोना विशेष

भारतमा थपिए २५ हजार कोरोना संक्रमित, ७८ लाख ६६ हजार बढीले लगाए खोप

भारतमा पछिल्लो २४ घण्टामा २५ हजार ४०४ जना कोभिड १९ संक्रमित पहिचान भएका छन्।

यस्तै, संक्रमकणका कारण थप ३३९ जनाको मृत्यु भएको छ। हालसम्म भारतमा ३ करोड ३२ लाख ८९ हजार ५७९ जनामा संक्रमण देखिँदा ४ लाख ४३ हजार २१३ जनाको मृत्यु भइसकेको छ।

संक्रमणबाट ३७ हजार १२७ जना मुक्त हुँदा सक्रिय कोरोना संक्रमितको संख्या ३ लाख ६२ हजार २०७ पुगेको छ।

यस्तै, पछिल्लो २४ घण्टामा ७८ लाख ६६ हजार ९५० जनाले कोरोना भाइरसविरुद्ध खोप लगाएका छन्। हालसम्म भारतभर ७५ करोड २२ लाख ३८ हजार  ३२४ जनाले खोप लगाइसकेका छन्।

Comment here