logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बिहानै चीनमा ६ रेक्टर स्केलको भूकम्प, २ को मृत्यु, ६० जना भन्दा बढी घाइते


अंकुरण खबर
897
Shares

छिमेकी राष्ट्र चीनको सिचुआन प्रान्तमा भूकम्प आज २ जनाको मृत्यु भएको छ भने धेरै घाइते भएका छन् ।

चिनीया सञ्चार माध्यमका अनुसार भूकम्पले घरहरु भत्किएर कम्तीमा दुई जनाको मृत्यु भएको छ भने धेरै घाइते भएको जनाइएको छ । आज बिहान ४ः३३ बजे ६ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको केन्द्र उक्त प्रान्तको राजधानी चेङ्ग्दूको २०० किलोमिटर दक्षिणपूर्वमा रहेको जनाइएको छ ।

एजेन्सीका अनुसार ६० जना घाइते भएका छन्, तीन जनाको अवस्था गम्भीर छ । यस्तै ३५ घर भत्किएका छन् ।