विश्वभर कोरोना संक्रमितको संख्या २२ करोड ७२ लाख नाघेको छ ।
सबैभन्दा धेरै अमेरिकामा ४ करोड २४ लाख ७९ हजार ७ सय ८० संक्रमितको संख्या रहेको छ ।
त्यस्तै, संक्रमित मध्ये ३ करोड २२ लाख ७१ हजार ८४ जना संक्रमणमुक्त भएका छन् । ९५ लाख २३ हजार ६ सय ७३ जना संक्रमितको उपचार भैहरेको वल्डोमिटरले जनाएको छ ।
यसैगरी, हालसम्म अमेरिकामा संक्रमणबाट ६ लाख ८५ हजार २३ जनाको मृत्यु भइसकेको छ । २५ हजार ४ सय ६१ जनाको गम्भिर अवस्थामा भेन्टिलेटरमा उपचार भैरहेको छ ।
विश्वभर १ करोड ८६ लाख २६ हजार ५ सय ७७ जना उपचारको क्रममा रहेका छन् । १ लाख १ हजार ७ सय ३० जनाको गम्भिर अवस्थामा उपचार भैरहेको छ । एजेन्सी