वेलायतमा कोभिडबिरुद्ध खोप लगाएका महिलामा मासिक धर्ममा समस्या देखिएको छ ।
हालै गरिएको एक सर्वेक्षणमा तीस हजार भन्दाबढी महिलाले खोप लगाएपछि आफ्नो पिरियड रोकिएको बताएका छन् ।
उनीहरुले महिनावारी अनियमितदेखि अस्वभाविक पीडा हुने गरेको गुनासो गरेका छन् । गुनासो गर्ने महिलाले फाइजर, अस्ट्राजेनेका र मोडेर्ना खोप लगाएका थिए ।
खोप लगाएका महिलाको उर्वरतासम्बन्धी समस्या भने नदेखिएको लन्डनस्थित इम्पेरियल कलेजकी डा। भिक्टोरिया मेलले बताउनु भएको छ । ब्रिटीश मेडिकल जर्नलमा एउटा लेख लेख्दै यसबारे थप अनुसन्धान आवश्यक भएकोे उहाँको भनाइ छ ।
महिनावारीको समयमा खोपप्रति शरिरको प्रतिरोध क्षमतामा परिवर्तन आउँदा महिलामा यस्तो समस्या देखिएको डा। मेलले बताउनु भएको छ ।
औषधी तथा स्वास्थ्य उपचार उत्पादन नियामक निकाय एमएचआरएले कोभिड खोप र महिनावारीबीचको सम्बन्धबारे थप अध्ययन आवश्यक भएको जनाएको छ । एजेन्सी