logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अफगानिस्तानको नान्गरहार प्रान्तमा तीनवटा आक्रमण हुँदा


अंकुरण खबर
1.105K
Shares

अफगानिस्तानको पूर्वी नान्गरहार प्रान्तमा शनिबार ३ वटा आक्रमण भएको छ। सो आक्रमणमा कम्तिमा ३ जनाको मृत्यु भएको छ भने २० जना घाइते भएको टोलो न्युजलाई उदृत गर्दै एएनआईले जनाएको छ।

जलालाबादमा भएको यो आक्रमणको जिम्मा कसैले लिएको छैन। तर आईएस–के समूहले आक्रमण गरेको आशंका गरिएको छ।

यसअघि आईएस–के समूहले गत महिना काबुल विमानस्थलमा आक्रमण गर्दा १३ अमेरिकी सेनासहित २ सय जनाको मृत्यु भएको थियो।

आईएस–के समूहले अमेरिकी सेनाले देश छाडेका कारण मात्र तालिबान सत्तामा आउन सकेको आईएस–केको भनाइ थियो।

शनिबारको आक्रमणमा तालिबानका सदस्यमा भएको हताहतीको विषयमा केही खुलाइएको छैन। यस्तै आजै काबुलमा पनि एउटा विस्फोटन भएको जनाइएको छ।