logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

भारतमा नौ सय वर्ष पुरानो गणेशको मूर्ति भेटियो


अंकुरण खबर
1.976K
Shares

भारतमा १२औं शताब्दीमा बनेको गणेशको मूर्ति फेला परेको छ ।

दक्षिणपूर्वी भारतका एक किसानले बारीमा उक्त मूर्ति फेला पारेका हुन् । प्रकाशम जिल्लाको मोटुपाली गाउँका किसानले खेत जोत्ने क्रममा उक्त मूर्ति फेला पारेका हुन् ।

हिन्दू धर्ममा गणेशलाई बुद्धि र विवेकका देवता मानिन्छ । ढुंगाको १८ इन्च अग्लो सो मूर्ति पद्मासन अवस्थाको छ । मूर्तिका दुईओटा हात टुटेका छन् भने तेस्रो हातले भाँचिएको सुँड समातेको देखिन्थ्छ । चौथो हातले मिठाइजस्तो वस्तु लिएको देखिन्न्छ ।

उक्त मूर्ति १० दिने गणेश चर्तुर्थी पर्वको अवसरमा सार्वजनिक गरिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

गणेश जन्मेको तिथिलाई हिन्दुहरूले गणेश चर्तुर्थी पर्वको रुपमा मनाउँछन् । गणेश चतुर्थीमा उपवास तथा गणेशको पुजा र आरधना गरिन्छ ।