logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अफगानिस्तानमा श्रृंखलाबद्ध विस्फोटः कम्तिमा ७ जनाको मृत्यु


अंकुरण खबर
1.391K
Shares

अफगानिस्तानको पूर्वी शहर जलालावादमा श्रृंखलाबद्ध बिस्फोट हुँदा कम्तिमा ७ जना मारिएका छन् ।

अलजजिराका अनुसार राजधानी काबुल र जलालावादमा भएको विस्फोटबाट ३० जना बढी घाइते भएका छन् ।

तालिबानले भने यसबारे अनुसन्धान भइरहेको जनाएको छ । जलालावादमा कम्तिमा चारवटा स्थान बिस्फोट भएको बताइएको छ । यद्यपी, अहिलेसम्म विस्फोटको जिम्मेवारी कसैले पनि लिएको छैन । नान्गर्हर प्रान्त आईएसआईएस –केको आधार इलाकामा मानिन्छ ।

जलालावादमा विस्फोट हुनभन्दा केही घण्टाअघि काबुलमा कार बम बिस्फोट हुँदा दुईजना घाइते भएका थिए ।