logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पञ्जावले पायो पहिलो दलित मुख्यमन्त्री, चरणजितले खाए सपथ


अंकुरण खबर
728
Shares

भारतको पञ्जाव राज्यले पहिलो दलित मुख्यमन्त्री पाएको छ। काँग्रेस आईको तर्फबाट चरणजित सिंह चन्नी सामेबार मुख्यमन्त्री भएका हुन्।

उनको सपथग्रहण कार्यक्रम सकिएको छ। राज्यपाल बनवारी लाल पुरोहितले शपथग्रहण गराएका थिए।

मुख्यमन्त्रीको रुपमा चरणजितले शपथ लिँदा सुखजिन्दर सिंह रन्धावा र ओपी सोनीले पनि मन्त्री पदको शपथ लिए। चरणजितको मन्त्रिमण्डलमा दुई उप–मुख्यमन्त्री हुने बताइएको छ।

आगामी फेब्रअुरी र मार्च महिनामा विधानसभा निर्वाचन हुँदैछ जसका कार चरणजितको पदावधी छोटो हुनेछ। शपथग्रहणमा काँग्रेसका वरिष्ठ नेता तथा पूर्व अध्यक्ष राहुल गान्धी राजभवनमा उपस्थित थिए। बीबीसीहिन्दी