
भारतको पञ्जाव राज्यले पहिलो दलित मुख्यमन्त्री पाएको छ। काँग्रेस आईको तर्फबाट चरणजित सिंह चन्नी सामेबार मुख्यमन्त्री भएका हुन्। उनको सपथग्रहण आजै भएको हो। राज्यपाल बनवारी लाल पुरोहितले शपथग्रहण गराएका थिए।
मुख्यमन्त्रीको रुपमा चरणजितले शपथ लिँदा सुखजिन्दर सिंह रन्धावा र ओपी सोनीले पनि मन्त्री पदको शपथ लिए। चरणजितको मन्त्रिमण्डलमा दुई उप–मुख्यमन्त्री हुने बताइएको छ।
आगामी फेब्रअुरी र मार्च महिनामा विधानसभा निर्वाचन हुँदैछ जसका कार चरणजितको पदावधी छोटो हुनेछ। शपथग्रहणमा काँग्रेसका वरिष्ठ नेता तथा पूर्व अध्यक्ष राहुल गान्धी राजभवनमा उपस्थित थिए।
चरणजित पञ्जाव राज्यकै पहिलो दलित मुख्यमन्त्री हुन्। आफू मुख्यमन्त्री भएपछि उनले पत्रकार सम्मेलनमा भावुक हुँदै प्रतिक्रिया दिएका छन्।
उनले आफ्नो बालापन सम्झिए भने सानो छँदा गरिब परिवारबाट हुर्किनुको पीडा सुनाए। उनले भनेका छन्,‘एउटा समय थियो जब मेरो घरको छत थिएन। मेरी आमा भित्तामा प्लास्टर बनाउन माटोको गारो लगाउथिन्।’
सो क्रममा राहुल गान्धीको तारिफ गर्दै उनलाई क्रान्तिकारी नेताको संज्ञा दिए। एक गरिबलाई मुख्यमन्त्री बनाएकोमा उनले काँग्रेस पार्टीलाई धन्यवाद पनि दिए। बीबीसीहिन्दी