logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

डब्लुएचओका प्रमुख टेड्रोस अफगानिस्तान पुगे


अंकुरण खबर
598
Shares

विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ०का प्रमुख तथा महानिर्देशक टेड्रोस अडानोम गेब्रियसस अफगानिस्तान पुगेका छन् ।

अफगानिस्तानको स्वास्थ्य क्षेत्रमा रहेका पूर्वाधार अवलोकन गर्न उनी अफगानिस्तान गएका हुन्।

टेड्रोसले कोभिड महामारी, पोलियो भ्याक्सिनेसन अभियान, आपत्कालिन स्वास्थ्य सुरक्षा क्षेत्रको महत्व लगायत बिषयमा तालिवानका अधिकारिहरूसँग छलफल गर्ने कार्यतालिका छ।

कोभिड महामारीबीच राजधानी काबुल पुगेका टेड्रोसले डब्लुएचओले अफगानिस्तानको स्वास्थ्य क्षेत्रमा पुर्याउँदै आएको सहयोगलाई निरन्तरता दिने विषयमा समेत छलफल गर्ने अफगानिस्तानका स्वास्थ्यमन्त्री डा. वाजिद मजरुह्ले बताए। यसबीच मजरुह्ले स्वास्थ्यमन्त्रीका रुपमा आफ्नो कार्यकाल मंगलबार सकिने ट्वीटरमार्फत जानकारी दिएका छन्।

टेड्रोस डब्लुएचओको पूर्वी भूमध्य क्षेत्रीय कार्यालयका निर्देशक अह्मद अल मन्धारीसँग अफगानिस्तान पुगेका हुन्।

अफगानी नागरिकको स्वास्थ्य सुरक्षा डब्लुएचओको प्राथमिकतामा रहेको बताउँदै टेड्रोसले त्यहाँका कर्मचारी, स्वास्थ्यकर्मी र तालिबानी नेताहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको बताए।

तालिवानद्वारा सत्ता कब्जापछि अफगानिस्तान पुग्ने उनी संयुक्त राष्ट्र संघका पहिलो उच्च अधिकारी हुन्। साथै उनले प्यान अमेरिका हेल्थ अर्गनाइजेसन (पीएएचओ) काउन्सिलको ५९औं भर्चुअल कार्यक्रममा पनि काबुलबाटै सहभागिता जनाए । पीएएचओले उत्तर तथा दक्षिण अमेरिकाका मानिसको स्वास्थ्य अवस्थाको सुधार तथा सुरक्षाका लागि काम गर्दै आएको छ। एजेन्सी