logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

ट्रम्पजस्तै उटपट्याङ ब्राजिलका राष्ट्रपति, मास्क लगाउन मान्दैनन्-खोप लगाएका छैनन् !


अंकुरण खबर
1.391K
Shares

अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसलाई सुरुवातमा सामान्य रुघाखोकी मात्र भन्थे। उनले सबैले मास्क लगाउँदा मास्क लगाउन मान्दैन थिए।

तर अन्ततः उनी कोरोनाका कारण गम्भीर बिरामी भए र पछि मास्क लगाउन थाले। ठिक ट्रम्पजस्तै गतवर्ष ब्राजिलका राष्ट्रपति जायर बोल्सोनारोले कोरोना भाइरसलाई सामान्य रोग भएको बताउँदै मास्क लगाउन अस्वीकार गरेका थिए।

उनी देशमा लकडाउन हुनुहुँदैन भन्ने पक्षमा थिए। तर गभर्नरहरुले उनको कुरा टेरेनन् र लकडाउन गरे। बोल्सोनारोलाई ट्रम्पको भाईसम्म भनेर ट्रोल गरिएको थियो। कोरोनाको नियम नमान्दा उनलाई पनि कोरोना संक्रमण भयो तर उनी अझै मास्क लगाउन मान्दैनन्। एएफपीका अनुसार उनले अहिलेसम्म खोप लगाएका छैनन्।

ट्रम्पले पनि आफूले खोप लगाएको बारेमा हालसम्म केही बोलेका छैनन्। तर न्युयोर्क टाइम्सले ट्रम्पले खोप गुप्त रुपमा लगाएको दाबी गरेको छ। ह्वाइट हाउस छाड्न अगाडि उनले खोप लगाएको बताइएको छ। ट्रम्प अझै विभिन्न कार्यक्रममा मास्क बिनै देखिन्छन्।

यसबचिमा राष्ट्रपति जायर बोल्सोनारोको नेतृत्वमा ब्राजिलको टोली हालै अमेरिकाको न्युयोर्कमा भएको राष्ट्रसंघको महासभामा सहभागी भएको थियो।

यात्राका क्रममा उनले मास्क नलगाएको एएफपीले जनाएको छ। तर राष्ट्रसंघको महासभामा भने उनले मास्क लगाएका थिए। उनले अहिलेसम्म पनि खोप लगाएका छैनन्।

कोरोना भाइरसविरुद्धको नियम नमान्ने र विज्ञको सुझाव अटेर गर्ने गरेका कारण ट्रम्प र बोल्सोनारोलाई उटपट्याङ नेता पनि भन्ने गरेको पाइन्छ। एजेन्सी