logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

ओरेगनमा प्रेमिकासँग कुरा गर्नेलाई गोली हानेर हत्या


अंकुरण खबर
1.014K
Shares

 

ओरेगनमा गोली हानी हत्या गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । हत्या आरोपमा २७ वर्षीय इयान म्याकेन्जी क्रान्स्टन पक्राउ परेका हुन् ।

उनले प्रेमीकासँग कुरा गरेको भन्दै २२ वर्षीय ब्यारी वाशिंगटन जूनियरलाई गोली हानेर हत्या गरेको अभियोग लागेको छ । डेस्च्युट्स काउन्टी जिल्ला अधिवक्ता जोन हम्मेलले गोली हानेको सम्बन्धमा उनलाई आरोपसहित दोषी ठहर गरेका छन् ।

क्रान्स्टनको गिरफ्तारीपछि गत बिहीबार एक पत्रकार सम्मेलनमा उक्त घोषणा गरिएको थियो । क्रेन्स्टनले कथित रूपमा सेप्टेम्बर १९ को शुरुमा मुख्य शहरमा वाशिंगटनलाई गोली हानी हत्या गरेको डेस्च्युट्स काउन्टी जिल्ला वकिलको कार्यलयको सेप्टेम्बर २२ को समाचार विज्ञप्तिमा जनाईएको छ ।

क्र्यान्स्टनलाई सुरुमा दोस्रो श्रेणी नरसंहारको एउटा आरोपमा गिरफ्तार गरिएको थियो र ग्रान्ड जूरी (न्यायिक समिति) ले बिहीबार मुद्दा फिर्ता लिनु अघि जमानतमा रिहा भएका थिए भनि सिएनएनले समाचार लेखेको छ ।